Search This Blog

Monday, June 8, 2020

एउटा कविता

राजनैतिक जिगलो (Political Gigolo)

भाई भाई नै काटाकाट
गरेरै भए पनि,
सत्ता नाम भएकी
सुन्दरी भोग गर्न,
राजनीतिज्ञ भेषधारी
जिगलोहरु सधैं
मरिहत्ते गर्दा रहेछन् ।

खै, थाहा भएन,
ती सुन्दरी नै
बैशले उन्मत्त भएर
डाक्तो हो की ? वा
सुन्दरीको कल्कलाउँदो
जवानी देखेर
जिगलोहरुले ¥याल काढेका ।

इतिहास देखि वर्तमानसम्म,
तिनै सुन्दरीलाई देखेर,
मै हुँ भन्ने ऋषिमुनिहरु
मैन झै पग्लिएको देख्दा,
आफैलाई शंका लाग्न थाल्यो,
सुन्दरीको नजिक पुग्दा,
मै पनि जिगलो बन्छु कि ?

बटुकलाल तमाङ


No comments:

Post a Comment

A boy is singing so sweetly

I like this vidoe. What about you?